धनगढीः धनगढीको न्यू लक्ष्मी समिल तथा फर्निचर उद्योगमा आगलागी भएको छ। बुधवार धनगढी उपमहानगरपालिका ६ स्थित ढुङ्गे बजार बस्ने धर्मराज जोशीको फर्निचर उद्योगमा आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दका अनुसार सो उद्योगको छानोमा वल्डीङ्ग गर्ने क्रममा बिजुलीको झिल्का खरले छाएको छानोमा खसी आगलागी भएको थियो।
आगलागीबाट उद्योगमा रहेका मेसिन, औजार, काठ, प्लाई, पलङ्ग, मोटर र लुगा कपडा गरी करीब ३६ लाख बरावरको क्षती भएको, बताइएको छ। आगलागीको खबरपछि धनगढी उपमहानगरपालिकाको दमकल, स्थानीय र नेपाल प्रहरीले आगो पुर्णरुपमा नियन्त्रणमा लिएको थियो।
Facebook Comments Box