धनगढीः सुदूरपश्चिम यातायातका व्यवसायी संघका पूर्वअध्यक्ष तथा संस्थापक सदस्य हरिप्रसाद पाण्डेयको निधन भएको छ। आन्द्रामा समस्या देखिएपछि नर्भिक अस्पताल काठमाण्डौँमा उपचारका क्रममा ७१ वर्षीय पाण्डेयको आज बिहान निधन भएको हो।
पाण्डेको निधनले यातायात क्षेत्रमा अपुरणीय क्षती भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले बताए। उनले सरल स्वभावका पाण्डेयले यातायातको क्षेत्रमा पु¥याउनु भएको योगदान कहिले बिर्सन नसकिने बताए।
Facebook Comments Box