धनगढीः नेकपा एमालेका नेता डा. भीम रावलले भारतबाट आउने तरकारीमा विषादीको परीक्षण नगर्ने भन्नु आपत्तिजनक भएको बताएका छन्। उनले सामाजिक संजाल फेसबुकमार्फत यस्तो जनाएका हुन्।
उनले लेखेका छन्, राजनीतिमा लाजहीन नीति र भारतबाट आयातित तरकारीमा विषादीको परीक्षण नगर्ने भन्ने सरकारी नीति एकै पटक प्रकट हुनुको रहस्य के रहेछ। राज्य र राजनीतिको बागडोर समाएकाहरूको देश र जनतामाथिको खेलबाड आपत्तिजनक छ।’
Facebook Comments Box