धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले टिकटक प्रतियोगिता गर्ने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले अन्तराष्ट्रिय महिला दिवसको अवसरामा टिकटक प्रतियोगिता गर्न लागेको हो।
मन्त्रालयले एक सूचना सार्वजनिक गर्दै लैङ्गिक हिँसा विरुद्धको सचेतना मुलक सन्देशसहितको टिकटक मन्त्रालयलाई पठाउन भनेको छ। प्रतियोगितामा सहभागि उत्कृट तीन जनालाई दश हजारका दरले पुरुस्कृत गर्ने मन्त्रालयले जनाएको छ।
Facebook Comments Box