काठमाडौँ – आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत खराब सुरुआत गरेको नेपालका लागि भीम सार्कीले आफ्नो पहिलो ओडिआई अर्धसतक पुरा गरेका छन्।
पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका सार्कीले ७८ बलमा ५ चौकासहित आफ्नो पहिलो एक दिवसीय अर्धसतक पुरा गरेका हुन्।
६८ रनमा ५ विकेट गुमाएर खराब प्रदर्शन गरिरहेको नेपालका लागि भीम सार्की र सन्दीप लामिछानेले ५६ रनको साझेदारी गर्दै नेपालको १०० रन पार गराएका थिए। तर ३२ औँ ओभरको दोस्रो बलमा लामिछाने व्यक्तिगत २७ रनमा क्याचआउट भए। उनले ४० बल खेल्दै १ चौका हिर्काए।
नेपालका लागि शीर्ष ५ ब्याटर ज्ञानेन्द्र मल्लले ११, आशिफ शेख ६, कुशल मल्ल ३२, रोहित पौडेल १, दीपेन्द्र सिंह ऐरी ४ रनमा आउट भए।
युएईका लागि जुनाइद सिद्धिकि र आयन लाक्राले २/२ तथा रोहन मुस्ताफा र कार्तिक मैयाप्पनलेले १/१ विकेट लिए।
अहिले क्रिजमा आरिफ शेख र भीम सार्की ब्याटिङ गरिरहेका छन्।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालले ४३ ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएर खेलिरहेको छ ।