धनगढी – धनगढीमा होली पर्वमा होहल्ला तथा मदिरा सेवन गरेर अभद्र व्यवहार प्रदर्शन गर्ने एक दर्जन मानिसलाई नियन्त्रणमा लिइएको छ।
धनगढीका विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मदिरा सेवन गरेर हल्ला गर्ने, अभद्र व्यवहार देखाउने ‘ट्यापेहरु’लाई नियन्त्रणमा लिइएको र सम्झाइबुझाई गरेर छाडिने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
माहोल शान्त पार्न मात्र उनीहरुलाई समातिएको प्रहरीको भनाई छ। प्रहरीको होली विशेष सुरक्षा योजना कैलालीमा सफल बनेको जिल्ला प्रहरी कार्यालय कैलालीको दाबी छ।
Facebook Comments Box