डोटी– डोटीको दिपालयमा भूतपूर्व सैनिक सम्मेलन आयोजना गरिएको छ । नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा आजबाट दिपायलस्थित नं. ५ बाहिनी अड्डामा भूतपूर्व सैनिक सम्मेलन–२०७८ भएको हो ।
सम्मेलनमा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरूलाई जीवन्त राख्न अवकाश प्राप्त अग्रज सैनिकहरूले निःस्वार्थ सेवा गरेको भन्दै प्रशंसा गरेका छन् ।
उनले हिताधिकारीहरूको असीमित चाहना र आकांक्षाहरूको सम्बोधन गर्दै कल्याणकारी कोषलाई थप दिगो, मितव्ययी र पारदर्शी बनाउने लक्ष्य रहेको पनि बताए ।
सम्मेलनमा डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ्ग, बैतडी र दार्चुला गरी ७ जिल्लामा बसोबास गर्ने करिब ६ सय ५० भूतपूर्व सैनिक तथा तिनका परिवारजन सहभागी थिए ।
Facebook Comments Box