काठमाडौं – अछामको मुख्य व्यापारिक केन्द्रमा रहेको साँफेबगर नगरपालिकाले नगर–प्रहरी राख्ने भएको छ।
नेपालको संविधान, २०७२ को अनुसूची ८ ले स्थानीय तहलाई नगर प्रहरी स्थापनाका लागि एकल अधिकार दिएको छ । नगर–प्रहरी राख्नको लागि नगर सभाको १० औं अधिवेशनबाट नगर प्रहरी सम्बन्धमा व्यवस्थापन गर्न वनेको विधेयक–२०७९ पारित गरिएकोे छ ।
नगरपालिकाभित्र कानूनको शासन स्थापित गर्दै नागरिकहरुलाई न्याय, सुरक्षा तथा व्यवस्थाको प्रत्याभूति गर्न, बजार क्षेत्रको प्रभावकारी व्यवस्थापन गर्नको लागि नगर प्रहरी राखिने नगर प्रमुख राजेन्द्र कुँवरले बताए ।
यस्तै नगर क्षेत्रभित्रका प्राकृतिक तथा सांस्कृतिक स्रोत र सम्पदाको संरक्षण र सम्बद्र्धन गर्न तथा जुनसुकै बेला आउन सक्ने विपद् र अन्य आकस्मिक घटनाहरुको तत्काल सम्बोधन र समन्वय गरी नागरिकको जीउधनको सुरक्षा गर्दै नगरभित्र सुव्यवस्था कायम गरी नगरवासीलाई स्थानीय सरकारको अनुभूति प्रदानमा पनि मद्दत पुग्ने उहाँको भनाई रहेको छ । उहाँले आगामि आर्थिक वर्षमा नगर प्रहरी राख्नको लागि वजेटको व्यवस्था गरिने समेत बताए ।
नगरपालिकाको सम्पत्ति र सम्पदाको संरक्षण गर्ने, नगरपालिकाबाट आयोजित सभा समारोह, परम्परा, जात्रा, चाडपर्व, आदि व्यवस्थापनमा सहयोग पु¥याउने, नगर बजार, सडक ,पार्किंङ्ग स्थल व्यवस्थापनमा सहयोग पु¥याउने, न्यायिक समितिले गरेका आदेश पैmसला कार्यान्वयनमा नगर प्रहरीले सहयोग पु¥याउने नगर उपप्रमुख शिवबहादुर कुँवर शिलोजको भनाई रहेको छ ।
यस्तै नगरपालिकाको कार्यालय परिसर, सार्वजनिक, ऐलानी, पर्ती जग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्ने, विपद् व्यवस्थापनमा सहयोग पु¥याउने रहेको छ । नगरपालिका भित्र नागरिक स्वतन्त्रता तथा मानव अधिकारको संरक्षण तथा सुशासन प्रवर्धनमा सहयोग पु¥याउने, सार्वजनिक सुरक्षा व्यवस्था तथा अपराधको रोकथामसंग सम्बन्धित आवश्यक सूचना संकलन, विश्लषेण र मूल्याङ्कन गरी अधिकार प्राप्त अधिकारी समक्ष पेश गर्ने काम कर्तव्य र अधिकार तोकिएको उपप्रमुख कुँवरले जानकारी दिनुभयो । नगर प्रहरी सम्बन्धमा व्यवस्थापन गर्न वनेको विधेयक–२०७९ पारित भएसँगै अव नगर प्रहरी राख्नको लागि पक्रिया अघि बढेको उहाँको भनाई रहेको छ ।
अब कार्यविधि बनाएर कति जना नगर प्रहरी राख्ने सेवा सुविधा कस्तो हुन्छ भनेर चाँडै कार्यविधि निर्माण गरिने नगर उपप्रमुख कुँवरको भनाई रहेको छ ।
नगरपालिकाको स्थानीय सेवा संचालन अन्र्तगत तोकिएको पदपूर्ति समितिले नै नगर प्रहरीहरुको लागि पनि पदपूर्ति समितिको काम गर्ने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद शर्माले बताए । नगर प्रहरी अधिकृत तथा जवानले सेवा अबधिभर अधिकृत स्तरको कर्मचारी भए बाह्र महिना बराबरको, सहायक स्तरको नगर प्रहरी भए अठाह्र महिना बराबरको र श्रेणी विहीन नगर प्रहरी भए एक्काइस महिना बराबरको खाइपाइ आएको तलब उपचार खर्चको व्यवस्था मिलाईएको जानकारी दिनुभएको छ ।
यस्तै नगर प्रहरी कर्मचारीहरुको मासिक तलबबाट दश प्रतिशतका दरले हुन आउने रकम कट्टा गरी सो रकममा नगरपालिकाले शत प्रतिशत रकम थप गरी कर्मचारी सञ्चय कोषमा जम्मा गरिदिने व्यवस्था समेत मिलाईने उहाँको भनाई रहेको छ ।