काठमाडौं – ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल प्रहरी श्रीमती संघले श्रमिक महिलाहरूको स्वास्थ्य हितको लागि सुत्केरी आमा तथा नवजात शिशुहरुलाई लत्ता कपडा, खाद्यान्न (पौष्टिक आहारा) तथा खाना वितरण कार्यक्रम सम्पन्न गरेको छ।
सुत्केरी आमा तथा बच्चाले यस्तो अवस्थामा उचित स्याहारसुसार तथा पौष्टिक आहारा पाएमा उनीहरूको स्वास्थ्य अवस्था दीर्घकालसम्म गुणात्मक र असल हुन्छ भन्ने मान्यताले उक्त कार्यक्रम गरिएको बताइएको छ।
कार्यक्रमका अवसरमा नेपाल प्रहरी श्रीमती संघले अवसरमा थापाथली, काठमाडौंस्थित प्रसुती तथा स्त्रीरोग अस्पतालको प्रसुती वार्डमा रहेका ११० जना र नेपाल प्रहरी अस्पताल महाराजगंजको प्रसुती वार्डमा रहेका ५ जना गरी जम्मा ११५ जना सुत्केरी आमा तथा नवजात शिशुहरुलाई लत्ता कपडा तथा पौष्टिक आहारा (दाल, चामल, गेडागुडी घ्यु) र खाना वितरण कार्यक्रम गरेको थियो।