काठमाडौं – नेकपा एमालेले जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी दिएको छ ।
यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालय बानेश्वरमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यको प्रतिनिधि बनेर महेश बर्तोलाले उजुरी दर्ता गराएका हुन् ।
संविधानको व्याख्याअनुसार उम्मेदवार महिला हुनुपर्नेमा पुरुष रहेकाले उजुरी दिएको एमालेले जनाएको छ । जसपाले यादवविरुद्ध विरोध आउन सक्ने आशङ्कामा प्रमीला यादवलाई पनि उम्मेदवार उठाएको छ ।
Facebook Comments Box