काठमाडौँ – उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै महिला कानुन व्यवसायीहरूले निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् ।
आइतबार संसद भवनस्थित राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले निर्वाचन अधिकृत महेश शर्मा पौडेलको ध्यानाकर्षण गराएका हुन् ।
संविधानको धारा ७० लगायत राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुनले व्यवस्था गरेअनुसार फरक लिङ्ग र फरक समुदाय राष्ट्रपति/उपराष्ट्रपति हुने व्यवस्थाको बारेमा ध्यानाकर्षण गराउन निर्वाचन अधिकृतको कार्यालय आउनुपरेको अधिवक्ता राधिका खतिवडाले बताइन् ।
Facebook Comments Box