महोत्तरी – दाइजो नल्याएको भन्दै वुवारीलाइ सारिरिक र मानसिक यातना दिएको आरोपमा ससुरा पक्राउ परेका छन् ।
महोत्तरीको औरही नगरपालिका वस्ने उन्की बुहारी नेहा चौधरीले दिएको किटानी जाहेरीका आधारमा ससुरा राम प्रवेश चौधरी पक्राउ परेका हुन् ।
२० असोज २०७९ मा दाइजो नल्याएको भन्दै श्रीमान पंकज चौधरी र ससुरा राम प्रवेश चौधरीले घरमा नै बस्न नदिएको भन्दै उनीविरुद्ध नेहा चौधरीले मुद्दा हालेकी थिइन् ।
त्यस लगत्तै श्रीमान् पंकजलाई भने अदालतको आदेश वम्मोजिम प्रहरीले पक्राउ गरि पुर्पक्षको लागि जेल चलान गरिसकेको छ । तर पंकजका वुवा राम प्रवेश फरार भएका थिए । मनरासिस्वा नगरपालिकाको कट्टी गाउँ स्थित दशगजा नजिकै लुकिछिपी वसिरहेको वेला उन्लाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
११ चैत्र २०७८ मा रामगोपालपुर विवाह भएको नेहा र पंकजको सामाजिक परम्पराअनुसार नै ५१ लाख नगद २० तोला सुन, ३० तोला चादी, टिभी, फ्रीज लगायत दाइजोकोरुपमा ल्याएको उनले जाहेरीमा उल्लेख गरेकी थिइन् ।
यस्का वावजुत पनि विवाह भएको ८ महिनापछी पंकज लगायत उन्को घरपरिवारले नेहालाइ घरनिकाला गरिदिएपछी उन्ले मानवअधिकारवादी र मिडियाकर्मीहरूसगँ सहयोगको याचना गरेकी थिइन् ।
श्रीमान् पंकज र उन्का वुवा राम प्रवेशलाइ अदालतले पुर्पक्षको लागी जेल चलान गर्ने आदेश दिएलगत्तै पंकज पक्राउ परेता पनि राम प्रवेश भने फरार नै थिए ।
प्रहरीको खोजीको क्रममा रहेका राम प्रवेश दशगजा क्षेत्रमा लुकेर बसेको सुचनाका आधारमा पक्राउ गरिएको प्रहरि उपरिक्षक प्रकाश मल्लले जानकारी दिए ।
छोरा पंकजलाइ जस्तै उनलाई पनि सोही पकृतिको कसुरमा कारवाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
उनीहरूलाई पक्राउ गरि कानुनी दायरामा ल्याएपछि दाइजोबाट प्रताडित बनेका नेहा जस्तै बुहारिमा राहत महसुस भएको छ ।
दाइजोकै कारण सारिरिक र मानसिक यातना भोगीरहेका महिलाहरुले यो घटना बाहिर आएपछी सशक्त प्रतिवाद गर्ने विश्वास लिइएको छ ।