काठमाडौँ – दैलेख जिल्लाको रानीवन केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ ६ बजेर ५६ मिनेटमा दैलेख जिल्लाको रानीवन केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो।
यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर २ वटा भूकम्प गएका थिए।
Facebook Comments Box