काठमाडौँ – काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
राजनीतिमा मान्छेहरूलाई आकर्षित गर्न पनि एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटकसम्म सांसद हुने व्यवस्था उपयुक्त हुने उनको भनाइ थियो ।
नेपाल ट्रेड युनियन काँग्रेसको मङ्गलवारबाट काठमाडौंमा सुरु भएको नीति सम्मेलनमा महामन्त्री शर्माले राष्ट्रपति पदमा एउटै व्यक्तिले दोहोर्याएर शपथग्रहण गर्न नपाउने व्यवस्था गरेको भए हालसम्म मुलुकले पाँचौँ राष्ट्रपति पाइसकेको हुने बताए । उनले सांसद, मन्त्री भइसकेकाहरूले मुलुकको आर्थिक रूपान्तरणको काममा योगदान दिन सक्ने व्यवस्था नीतिगतरुपमै भए त्यो झनै राम्रो हुने धारणासमेत राखेका छन् । ।
महामन्त्री शर्माले भ्यूटावर बनाउने कुरा, एकैपटक धेरै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा मुलुकका लागि आर्थिक बोझको विषय भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।