काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे बिहीबार स्वदेश फर्किएका छन् ।
अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू)को १४६औँ महासभामा सहभागी भएर सभामुख घिमिरे बिहीबार स्वदेश फर्किएका हुन् ।
सभामुख घिमिरेले महासभालाई बहराइनको राजधानी मनामामा सोमबार सम्बोधन गरेका थिए । सो क्रममा उनले नेपालले सबै मित्रराष्ट्रको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा राखेको बताएका थिए ।
त्यस्तै, उनले बहराइनका सभामुख अहमद बिन सलमान अल मुसलामसँग भेट गरेका थिए । बहराइनका सभामुखलगायत अन्य प्रतिनिधिहरूसँगको भेटमा नेपालको कामदारका विषयमा कुराकानी भएको सभामुख घिमिरेले बताए ।
नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख गत शुक्रबार बहराइन गएका थिए ।
Facebook Comments Box