काठमाडौं – सेती नदीमा हाम फालेर आत्महत्याको प्रयास गर्ने एकजनालाई प्रहरीले उद्धार गरेको छ। शिखर नगरपालिका स्थित सालमुनी मन्दिर नजिकबाट नदीमा हाम फाल्न खोजेका ४६ वर्षीय पुरुषको उद्धार गरिएको हो ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका निवासी ४६ वर्षीय रमित (नाम परिवर्तन)ले बिहीबार नदीमा हामफालेर आत्महत्या गर्ने प्रयास गरेका थिए । आत्महत्या गर्छु भन्दै मोटरसाइकल सडकमा छाडेर नदीको किनारतिर लागेपछि स्थानीय शेर बहादुर बोगटीले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायव निरीक्षक रूप सिंह थापाको नेतृत्वमा खटिएको टोलीले उद्धार गरेको हो । नदीमा हामफाल्ने तयारीमा रहेका रमितको बगरबाट उद्धार गरिएको प्रहरी नायव निरीक्षक थापाले बताए।
Facebook Comments Box