काठमाडौँ – बागमती प्रदेशभित्र तामाङ र नेवारी भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउन भाषा सम्बन्धी कानून निर्माण गरिने भएको छ ।
शुक्रबार काठमाण्डौँमा बसेको तामाङरनेवारी ९नेपाल भाषा० कार्यान्वयन तयारी सम्बन्धी समितिको बैठकले प्रदेशभित्र सरकारी कामकाजको भाषा नेपालीसँगै तामाङ र नेवारी भाषा कार्यान्वयन गर्न एक महिनाभित्र ऐन निर्माण गर्ने निर्णय भएको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताइन् ।
स्थानीय तहहरूले समेत आफ्नो ठाउँमा बोलिने भाषालाई सरकारी कामकाजको भाषा बनाउन मिल्ने गरी कानून बन्ने मोक्तानको भनाइ छ । आउँदो वैशाख महिनाभित्र भाषा सम्बन्धी विधेयक संसदमा पेस गरिने उनले जानकारी दिइन्।
प्रदेश सरकारले एक महिनाअघि बागमती प्रदेशमा तामाङ र नेवार भाषालाई कामकाजको भाषा बनाउन सामाजिक विकास मन्त्री मोक्तानको अध्यक्षतामा समितिको निर्माण गरेको थियो । समितिमा मा श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठसँगै दुई जना विज्ञ डा। गणेश योन्जन र ओमकार्यश्वर श्रेष्ठ सदस्य छन् ।