दार्चुला – जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी मनोहर प्रसाद भट्टको विदाई गरिएको छ । १४ महिना दार्चुला बसाई पछि उनी आज विदाई भएका हुन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९का कारण लामो समयको लकडाउनमा नागरिकहरूलाई सूसुचीत बनाउने कार्यमा खटिएका उनले दार्चुला बसाइको क्रममा विभिन्न घटनामा आफु सक्रिय भएर लागेको बताएका छन् ।
उनले १४ महिना दार्चुला बसाइका क्रममा चोरीका घटनाहरु देखि लिएर बालविबाह लागु औषधका व्यतिmहरुलाई पक्राउन सफल भएका बताएका छन । बिदाई कार्यक्रममा बोल्दै उनले बसाईको १४ महिनाको अवधिमा नागरिकहरुले प्रश्न उठाउने कुनै पनि काम हुन नदिएको र शान्ति सुरक्षालाई मजबुद्ध बनाउने हाम्रो कर्तव्य हो पनि धेरै हदसम्म पूरा गर्न पाएको खुसी व्यक्त गरेका छन् ।
साथै, कोराना भाइरस नियन्त्रण र रोकथामको लागि प्रहरी संगठनले निकै प्रभावकारी रुपमा काम गर्न सफल भएको र दार्चुलाबासीको साथ र सहयोगकै कारण आफ्नो कार्यकाल सफल हुन सकेको बताए । भट्टको सरुवा भएपछि दार्चुलाको नयाँ डिएसपीमा प्रतिक विष्टले जिम्मेवारी सम्हाल्ने भएका छन् ।
यस्तै उहाँले ‘अफ्ठ्यारो बेला सहयोग, सहकार्य गरेको पनि बताएका छन् । आफनो १४ महिने बसाईका क्रममा २३ जना सुत्केरी महिलाहरुको आफनै गाडीमार्फत उद्धार गरेको पनि बताएका छन् । हरेक समस्या आउदा सँगै छलफल गथ्र्याे., त्यस्तै सहयोग र सहकार्य नयाँ डिएसपीबाट पनि अपेक्षा गछौं,’उनले भने ।
डिएसपी भट्टले दार्चुलामा सबै संघसंस्थाहरुको सहयोगबाट आफ्नो बसाई तथा कार्यकाल सफल भएको बताए । उनले सबैसँग सम्बन्ध प्रगाढ रहेको खुलाए । आफ्नो घर बैतडी भएको उल्लेख गर्दै उनले दार्चुलालाई सधै सम्झिरहने बताए ।