दार्चुला – नेपाली कांग्रेसका सुदुरपश्चिम प्रदेश सभापति विरबहादुर बलायरले नेपाली कांग्रेसले संविधान बचाएर लोकतान्त्रिक बाटोबाटै निर्वाचनमा भाग लिने बताउनु भएको छ ।
शुक्रबार आसन्न स्थानीय तहको चुनावलाई लक्षित गदै दार्चुला पुग्नु भएका सुदरपश्चिम प्रदेश सभापति बलायरले दार्चुलामा सञ्चारकर्मीहरुसंग कुरा गर्दै कांग्रेसले निर्वाचन वहिष्कार नगर्ने र संविधानमा टेकेर निर्वाचनमा जाने बताउनु भएको हो ।
उहाँले मुलुकलाई विग्रह र हिंसाबाट जोगाउनु नै राजनैतिक दलहरुको प्रमुख दायित्व हुनुपर्ने बताउनु भयो । उहाँले संविधानमा उल्लेख नै नभएको धारा प्रयोग गरेर प्रतिनिधि सभा विघटन गर्नु अलोकतान्त्रिक र गैरसंवैधानिक भएको जिकिर गदै कांग्रेसले सबिधानको संरक्षण गरेको दाबी गरेका छन । केपि ओलीको असंबैधानिक कदमको कांग्रेसले सँधै विरोध गर्ने बताउनु भयो ।सभापति बलायरले पुर्व प्रधानमन्त्री ओली प्रधानमन्त्री भएका बेला देखि देशमा हत्या हिंसा बलत्कारले सिमा नाघेको पनि बताएका छन । उहाँले संसद विघटन असंबैधानिक, अलोकतान्त्रिक र प्रतिगमनतर्फ गएकोले सविधानको रक्षा काग्रेसले गरेको पनि बताए हुन । शुक्रबार नेपाली कांग्रेस पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै सुप सभापति बलायरले नेकपा एमालेले संविधान समाप्त गर्दै थियो । हामीले बचाउने नेतृत्व गरिरहेका छौं । उहाँले भन्नु भयो ।
नेपालमा संविधान बचाउने कुरा, संविधानको सर्वोच्चता, नेपालमा कानूनको शासन, नेपालमा सुशासन कायम गर्नु सरकारको दायित्व हो ।’सरकारका सामुन्ने अहिले धेरै ठूलो चुनौती रहेको पनि पहिलो काम भने संविधान बचाउने नै भएको उनको भनाइ छ । प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति बलायरले भातरले निर्माण गरिहरेको तटबन्धको बारेमा दुबै देशविच कुटनितिक तवरले बार्ता भइरहेको बताएका छन् ।