बाजुरा – जिल्ला अस्पताल बाजुरामा कार्यरत एमडीजीपी डाक्टर प्रेरित देवकोटाको सरुवा भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत तीन वर्षपछि आएका डाक्टर देवकोटाको २ महिना नपुग्दै सरुवा गरेको हो ।
डाक्टर देवकोटाको सरुवा भएपछि अहिले जिल्ला अस्पताल बाजुरामा उपचार सेवा प्रभावित भएको छ ।
जिल्ला अस्पताल बाजुरा तीन वर्षसम्म एमडीजीपी डाक्टर विहीन भएको थियो । गत पुस १४ गते डाक्टर देवकोटा तेह्रथुमबाट सरुवा भएर आएका थिए । तर उनी आएको २ महिना नबित्दै मन्त्रालयले सरुवा गरेर बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा पठाएको छ ।
डा. देवकोटाको फागुन २५ गते सरुवा भएको हो ।
Facebook Comments Box