धनगढी : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल धनगढी उपमहानगर कमिटीले हेल्पलाइन सेवा सुरुवात गरेको छ। हिजो मात्र सम्पन्न अधिवेशनबाट आएको अभिसेक नाथ(लोक) नेतृत्वको कमिटीले हेल्पलाईन सेवा सुरु गरेको हो।
अब हेल्पलाइन सेवा मार्फत युवा संघले धनगढी तथा कैलालीभरका बेथिति, भ्रष्टाचार, विकृति, अन्याय, अत्याचारकाविरुद्ध काम गर्ने राष्ट्रिय युवा संघ नेपालका धनगढी उपमहानगरपालिका कमिटीका अध्यक्ष अभिषेक नाथले बताए। उनका अनुसार ९८१३२५५६२० मा सम्पर्क गरेर सबैले आफ्ना गुनासा, समस्या पीडा र सूचना प्रदान गर्न सक्नेछन्।
राष्ट्रिय युवा संघ नेपालको धनगढी नगरकमिटीले विगतदेखि नै सडक संघर्ष, कोभिडका बेला विभिन्न अभियान संचालन, मूल्य वृद्धि घटाउन आन्दोलन तथा धनगढीका विभिन्न क्लबलाई खेलकुदका सामग्रीको सहयोग एवं सामाजिक गतिविधि गर्दै आएको छ।
Facebook Comments Box