काठमाडौं – नेपाल राष्ट्र बैंकले २२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले चैत १५ गते २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल जारी गर्ने भएको हो । ट्रेजरी बिलको बोलकबोल चैत १४ गते हुनेछ ।
राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल २०७९ वैशाख १३ गते परिपक्व हुनेछ ।यसैगरी ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल केन्द्रीय बैंकले जारी गर्नेछ। यो ट्रेजरी बिल २०७९ असार १४ गते परिपक्व हुनेछ । त्यस्तै बैंकले १८२ दिनका लागि ३ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल २०७९ असोज ११ गते परिपक्व हुनेछ ।
राष्ट्र बैंकले ३६४ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल भने २०७९ चैत १४ गते परिपक्व हुनेछन् । यी ट्रेजरी बिलको भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।