दार्चुला – जिल्ला प्रशासन कार्यालय दार्चुलाले इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घ राज उपाध्यायले इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गरेका हुन् ।
अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राख्दै इजाजत लिएका हतियार चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन आग्रह गरिएको उनले बताए ।
स्थानीय तहको निर्वाचनलाई भरपर्दो विश्वसनीय बनाउन इजाजत लिएर राखिएका हतियार बुझाउन आग्रह गरिएको उनले बताए । तोकिएको समयमा हतियार नबुझाएमा कानुन बमोजिम कारबार्हि भई जाने समेत उनले बताए ।
![](https://mahendranagarpost.com/wp-content/uploads/2022/03/received_1018519178741007-724x1024.jpeg)
Facebook Comments Box