धनगढीः रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना घुस काण्डमा समातिएका छन् । उनीहरु ५० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका हुन् ।
आयोगको सम्पर्क कार्यालय, बुटवलको टोलीले वडाध्यक्ष भीमबहादुर यादव र प्रमुख प्रशासकीय अधिकृत अनन्तमणि मरासिनीलाई घुस रकमसहित पक्राउ गरेको बताइएको छ । पक्राउ पर्नेमा विचौलिया विनोद भरसमेत छन् ।
गिट्टी बालुवा उत्खनन् सम्बन्धमा घुस मागेको उजुरीको आधारमा उनीहरु पक्राउ परेका हुन् । अख्तियार टोलीले गाउँपालिकाको चमेना गृहबाट बिहान साढे ११ बजे उनीहरुलाई पक्राउ गरेको आयोगको कार्यालय बुटवलले जनाएको छ ।
Facebook Comments Box