बाजुरा-महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई गृह जिल्ला बाजुरामा स्वागत गरिएको छ। नेपाल सरकारबाट महान्यायाधिवक्ता नियुक्त भएपछि बाजुरा पुगेका महान्यायाधिवक्ता खातीलाई सदरमुकाम मार्तडीमा स्वागत गरिएको हो
जिल्लाको टाटे स्वास्थ्य चौकीमा आयोजित ३ दिने स्वास्थ्य शिविरको शुक्रबार उद्घाटन गरेर सदरमुकाम मार्तडी पुगेका उनलाई जिल्लास्थित सरकारी कार्यालयमा स्वागत गरिएको थियो भने स्थानीयले पनि फूलमाला सहित स्वागत गरेका छन्।
प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझा, सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक दीपक विष्टले स्वागत गरेका थिए ।
यसैगरी सरकारी वकिलको कार्यालय, जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयमा स्वागत तथा मायाको चिनो हस्तान्तरण गरिएको नेविसंघ बाजुरा काठमाडौँ सम्पर्क समितिका सचिव थुमराज उपाध्यायले जानकारी दिए ।