काठमाडौँ – नेपाली सेनाले लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानीसहित झन्डै दुई सयको संख्यामा कर्मचारी माग गरेको छ।
लेखा उपसेनानीमा खुला तथा समावेशीतर्फ गरी ४० जनाको माग भएको छ भने ४ जना प्राड उपसेनानी माग भएको हो। यस्तै ४ जना पाइलट उपसेनानी पनि माग भएको सेनाले जनाएको छ।
समाचार बाचक, सम्पादकसहित विभिन्न ट्रेडका प्राविधिक अधिकृत गरी सेनाले एक सय ९४ जना माग गर्दै आज आवेदन खुला गरेको हो। आज चैत्र १४ गते देखि २०७९ वैशाख १३ गतेसम्म इच्छुकले आवेदन दिन सक्नेछन्।
फारम बुझाउँदा दस्तुर भने १ हजार रूपैयाँ लाग्नेछ। उपसेनानीका लागि सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
Facebook Comments Box