काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मा २–० को सहज जित निकालेको छ । घरेलु टोली नाइसमाथि पीएसजीले २–० को सहज जित निकाल्दै शीर्षस्थान कायमै राखेको छ ।
एलिएन्ज रिभिइरा नाइसमा शनिवार राति भएको खेलमा पहिलो हाफको २६औँ मिनेटमा मेसीको गोल गरे । पहिलो हाफमा नै १–० को अग्रता लिन सफल भएको पीएसजीले दोस्रो गोलका लागि ५० मिनेट कुर्नुपर्यो ।
दोस्रो हाफको ७६औँ मिनेटमा मेसीको पासमा डिफेन्डर रामोसले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । यो गोलसँगै खेल २–० को अवस्थामा टुंगियो ।
यस जितसँगै पीएसजीले शीर्षस्थानमा ६ अंक थपेको छ । जसअनुसार पिएसजीको ३० खेलबाट ६९ अंक हासिल गरेको छ भने पराजित नाइस ४५ अंक जोडेर आठौँ स्थानमा छ ।
Facebook Comments Box