काठमाडौँ – सबै संसदीय विषयगत समितिमा नेकपा एकीकृत समाजवादीको प्रतिनिधित्व नहुने भएको छ ।
सांसद सङ्ख्याका कारण एकीकृत समाजवादीको सबै संसदीय विषयगत समितिमा प्रतिनिधित्व असम्भव भएको हो । प्रतिनिधिसभामा १० वटा विषयगत समिति छ ।
राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त समिति २ वटा छन् । संयुक्त समितिमा विषयगत समितिमा रहेका सांसद पनि रहने अभ्यास छ । तर, एउटै सांसद दुई वटा संसदीय विषयगत समितिमा रहन पाउँदैनन् ।
एक सांसद एकभन्दा बढी समिति सदस्य हुन नपाउने भएकै कारण एकीकृत समाजवादीको प्रतिनिधिसभामा १० मध्ये ९ वटा विषयगत समितिमा मात्रै प्रतिनिधित्व हुने भएको हो ।
राजनीतिक दलहरूले आफ्ना कुन सांसद कुन समितिमा रहने भनी तय गर्दैछन् । यही क्रममा नेकपा एकीकृत समाजवादीले पनि आफ्नो पार्टीका कुन सांसद कुन समितिमा रहने भनी तय गर्दैछ ।
संघीय संसद सचिवालय संसदीय विषयगत समिति गठनमा केन्द्रित भएको छ ।