काठमाडौँ – गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनै पर्ने समयसीमाको अन्तिम दिन राजीनामा दिने भएका छन् । सोही दीन प्रदेश सभा अधिवेशन आह्वान भएको छ । संसदमा सम्बोधन गरेर राजीनामा दिने तयारी मुख्यमन्त्री अधिकारीको छ ।
राष्ट्रपतिको निर्वाचनले केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकी प्रदेश सरकार अल्पमतमा पेको छ । चैत ९ गते नेकपा माओवादीले एमाले सरकारबाट समर्थन फिर्ता लिँदै भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान र पर्यटन मन्त्री रेशमबहादुर जुग्जालीले राजीनामा दिएका थिए ।
प्रमुख प्रमुख पृथ्वीमान गुरुङ हुँदै यो सूचना प्रदेश सभा सचिवालयमा पनि पुगिसकेको छ । तर, अधिकारीले विश्वासको मत पाउने अवस्था नरहेकाले संसदमा संशोधन गरेर राजीनामा दिने तयारी गरेका हुन् ।
६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा २७ सांसदसहित काँग्रेस सबैभन्दा ठूलो दल छ भने ८ सदस्य रहेको माओवादीसँगको सहकार्यमा सरकार बनाउन सहज बहुमत पुग्ने देखिन्छ ।