धनगढीः प्रहरी रिपोर्ट लिने ‘अनलाइन प्रहरी चारित्रिक प्रमाण–पत्र प्रणाली’ मा समस्या आएको छ। प्राविधिक समस्याका कारण हिजोदेखि सो सेवा स्थगित भएको बताइएको छ।
आज सूचना प्रकाशित गर्दै प्रहरीले प्राविधिक समस्याका कारण अनलाइन प्रहरी चारित्रिक प्रमाण–पत्र र अनलाइन ट्राफिक नियम उल्लंघन जरिवाना भुक्तानी प्रणालीको प्रयोगमा अवरोध सिर्जना भएको जानकारी दिएको हो।
सूचनामा भनिएको छ, ‘प्राविधिक समस्याका कारण अनलाइन प्रहरी चारित्रिक प्रमाण–पत्र प्रणाली र अनलाइन ट्राफिक नियम उल्लंघन जरिवाना भुक्तानी प्रणालीको प्रयोगमा अवरोध आइरहेको हुँदा सो अवधिमा यहाँहरुलाई पर्न गएको असुविधाका लागि क्षमाप्रार्थी छौँ।’
Facebook Comments Box