काठमाडौँ – नेकपा (एमाले)का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति व्यङ्ग्य गरेका छन् ।
संसद् बैठकमा उपस्थित नभएको भन्दै उनले आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा व्यङ्ग्य गरेका हुन् ।
“नागरिकताको नाम पुष्पकमल दाहाल, चलनचल्तीको नाम प्रचण्ड, अस्थायी ठेगाना कहिले खुलमटार, कहिले बालुवाटार । हुलिया पहिले पहिले कोट पाइन्ट लगाउने गरे पनि हाल दौरा, सुरुवाल र टोपी पनि लगाउने । उमेर ६५ वर्ष नाघेको ७० वर्ष नपुगेको जस्तो देखिने,” उनले भने, “उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छाडेकाले उहाँलाई फेला पार्ने व्यक्तिले संसद् भवन नयाँबानेश्वरमा बुझाइदिनुहोला । उहाँ अन्तिम पटक देखिएको स्थान बालुवाटार ।”
Facebook Comments Box