पोखरा – पोखरा उच्च अदालतमा पल शाहले दिएको निवेदनउपर आज (बुधबार) सुनुवाई हुने भएको छ ।
उच्च अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासमा सुनुवाई हुने जनाइएको छ ।
यसअघि शाहविरुद्ध तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि मंगलबार जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता शाहले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएको भन्दै मंगलबार उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।
पललाई तारेख वा धरौटीमा छाडेर मुद्दा पुर्पक्ष गरियोस् भनेर माग राखेपनि अदालतले थुनामा पठाएकाले पुनरावेदन दिएको पल पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिएका थिए ।
Facebook Comments Box