काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित, सभामुख देवराज घिमिरे र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुगेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनीहरू ओली निवास बालकोट पुगेका हुन् । ओली भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेका छन ।
यो भेटमा संवैधानिक परिषद् सम्बन्धी विधेयक, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा समेत छलफल हुने जनाइएको छ ।
Facebook Comments Box