काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको छ । उनको छातीको तल्लो भागमा संक्रमण देखिएको हो ।
फलोअप परीक्षणका लागि सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका पौडेलको अल्ट्रासाउण्डको सहायताले पानी निकाली परीक्षण गर्न लागिएको अस्पतालले जनाएको छ ।
छातीको तल्लो भागमा संक्रमण देखिएकाले परीक्षण गर्न लागिएको पौडेलका निजी चिकित्सक डा. निरज बमले बताए ।
विशेषज्ञ चिकित्सक अनुसार छातीको तल्लो भागमा पानी देखिनुले निमोनिया, टिबी तथा क्यान्सर हुनसक्ने सङ्केत गर्छ । पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर बसेका थिए ।
Facebook Comments Box