काठमाडौँ – रास्वपाका सभापति रवि लामिछानेले आफ्ना सवारी चालक दिलबहादुर थापा घटनालाई राजनीतिकरण नगरिदिन आग्रह गरेका छन् ।
सोमबार दिउँसो फेसबुकमा स्ट्याटस लेख्दै उनले घटनालाई राजनीतिसँग नजोड्न आग्रह गरेका हुन् ।
साथै उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको लामिछानेले बताएका छन् ।
…यस्तो बेला योभन्दा धेरै मसँग तपाईँलाई भन्ने कुनै शब्दै छैन । म नेताभन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आँसु आउँछन्,” उनले लेखेका छन्, “बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला । स्तरहीन बनेर राजनीतिकरण नगर्नु होला ।”
Facebook Comments Box