काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारविरुद्ध सडक सङ्घर्षमा जाने चेतावनी दिएका छन् ।
मङ्गलवार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सङ्घर्षमा जाने बताएका हुन् ।
उनले मिटरब्याज पीडितहरूको मागलाई सम्बोधन नगरेर सरकारले उनीहरूमाथि सोमबार निर्मम ढङ्गले आक्रमण गरेको उल्लेख गर्दै निन्दा र भर्त्सना समेत गरे ।
उनले सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने सपना बाँडेर हिँडेको पार्टी नेतृत्वको सरकारले पनि उनीहरूमाथि आक्रमण गर्ने काम गर्नु आपत्तिजनक रहेको बताएका छन् ।
Facebook Comments Box