धनगढीः नेकपा एमाले सम्बद्ध अनेरास्ववियु धनगढी उपमहानगर कमिटीले जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने भएको छ।
नगर कमिटिले उपमहानगरका १९ वटै वडामा अगामी सातादेखि जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने नगर अध्यक्ष नितिश जोशीले जानकारी दिए। कार्यक्रमले जनता र जनतप्रतिनिधिबीच गुनासा, सुझाव र समस्याको दोहोरो अन्तरक्रिया गर्न सहयोग पुगाउने विश्वास जोशीको छ।
स्थानीय सरकारले नयाँ वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गरिरहेका बेला आयोजना गरिने कार्यक्रमले जनगुनासो सम्बोधन हुने गरी बजेट निर्माण गर्ने काममा पनि सघाउ पुग्ने उनी बताउँछन्।
त्यसैका लागि आज अनेरास्ववियु धनगढी उपमाहानगर कमिटीको टालीले वडाध्यक्षहरुलाइ आमन्त्रण गर्दै र कार्यक्रमबारे जानकारी गराएको छ।
Facebook Comments Box