काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रशासन राष्ट्र र जनताको सेवाप्रति गाइडेड हुनुपर्ने बताएका छन् ।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासनप्रति केही गुनासाहरू आउने गरेको बताउदै पहुँचवालको कुरा सुन्ने तर गरिब र असाहयले सम्पर्क पनि गर्न नपाउने स्थितिमा फेरबदल गर्नुपर्ने बताए ।
‘पहुँच भएका र शक्तिकेन्द्रको कुरा सुन्ने,तिनिहरुले भेटघाट पाउने, तर गरिब असहाय र जनसाधारणले सम्पर्क पनि गर्न स्थितिको पुरै फेरबदल गर्नुपर्छ र एप्रोच नै चेन्ज गनुपर्छ हामीले’, मन्त्री श्रेष्ठको भनाइ छ ।
Facebook Comments Box