काठमाडौँ । आर्थिक वर्ष २०८०-८१ को बजेट ल्याउन तरखर गरिरहेको सरकारले राष्ट्रिय योजना आयोगमा थप तीन जना सदस्य नियुक्ति गरेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न तहमा बसेर विभिन्न विधामा अध्ययन अनुसन्धान गर्दै आएका वरिष्ठ अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल तथा स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका विज्ञ प्रा. डा. आरपी विछा र प्रभु बुढाथोकीलाई सस्यमा नियुक्त गरिएको हो ।
सरकारले यसअघि नै राष्ट्रिय आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. मीनबहादुर श्रेष्ठलाई तथा सदस्यहरूमा रामकुमार फुयाँल र डा. जयकान्त राउतलाई नियुक्त गरिसकेको थियो ।
Facebook Comments Box