धनगढीः १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं १ चङ्घाटका ३४ वर्षीय टोपबहादुर रायमाझी (एमाले नेता होइन) लाई प्रहरीले बलात्कार अभियोगमा समातेको हो।
प्रहरी चौकी पत्थरकोटबाट खटिएको टोलीले उनलाई हिजो बिहान ती किशोरीलाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा नियन्त्रणमा लिएको बताइएको छ। रायमाझीमाथि थप अनुसन्धान भइरहेको छ।
Facebook Comments Box