धनगढीः नेकपा एमालेका केन्द्रीय नेताहरु कैलालीमा छन्। हिजो राति धनगढी ओर्लिएका नेताहरु आज बिहानै गोदावरी रिसोर्टतिर लागेका थिए।
अहिले रिसोर्टमा नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्णबहादुर थापासहितको सहभागितामा मिसन ग्रासरुटको समिक्षा कार्यक्रम चलिरहेको छ।
उनीहरु पार्टीले संचालन गरेको मिसन ग्रासरुटको सुदूरपश्चिम प्रदेश स्तरीय समिक्षा कार्यक्रमकै लागि कैलाली पुगेको बताइएको छ। कार्यक्रममा प्रदेश कमिटीका पदाधिकारी, मिसन ग्रासरुटको लागि खटाइएका केन्द्रिय प्रतिनिधि लगायतको सहभागीता रहेको छ।
कार्यक्रममा नेताहरुले जिल्लागत पार्टीको रिपोर्ट लिइरहेको बताइन्छ। त्यहाँ पत्रकारहरुलाई भने जान नदिइने जनाइएको थियो।
Facebook Comments Box