डडेल्धुरा : दार्चुलामा आफुले भेट्न नपाएको भन्दै अनशन बसेका साधुको क्रोध मरेको छ । आज सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले उनको अनशन तोडेका छन्। उनले जुस पिलाएर साधुको अनशन तोडेका हुन् ।
शनिवार जिल्लाको गोकुलेश्वरमा जगतपुरी शिवधाम क्षेत्रका महाराज रामानन्द स्वामीलाई मुख्यमन्त्री भेट्नमा रोक लगाइएको थियो। सोही आक्रोशमा आएर उनी
गोकुलेश्वरको शिवपुरी धाममा अनशन मौन अनशन बसेका थिए।
मुख्यमन्त्री कमलबहादुर शाहलाई उनले त्यहाँको विकास निर्माण र केही विवादास्पद विषयवस्तुमा ध्यानाकर्षण गराउन खोजेका थिए। तर, सो विषयमा कुरा गर्न खोज्दा मुख्यमन्त्री र उनका कार्यकर्ताको निर्देशनमा प्रहरीले स्वामीलाई नियन्त्रणमा लिएको जनाइएको छ।
Facebook Comments Box