भरतपुर: चितवन क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सोमबार बिहान ८ बजे बस्ने भनिएको सर्वदलीय बैठक बस्न सकेको छैन।
आज बिहानका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले सर्वदलीय बैठक बोलाएका थिए। राजनीतिक दलका प्रतिनिधिहरू मतगणनास्थल नपुगेपछि बैठक बस्न नसकेको हो।
नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरूले भने आइतबार राति प्रमुख जिल्ला अधिकारी उपस्थिति नभएका कारण बैठक बस्न नसकेको बताएका थिए।
यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन्।
Facebook Comments Box