काठमाडौं: तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले निर्वाचित भएका छन्। प्रतिनिधि सभाको उपनिर्वाचनमा वाग्ले फराकिलो मतान्तरले निर्वाचित भएका हुन्।
वाग्लले ३४ हजार ९४१ मत प्राप्त गर्दा निटकटम प्रतिद्धन्द्धी नेपाली काग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत पाएका छन्। वाग्ले र भट्टराईबीच १४ हजार ७९७ मतान्तर रहेको छ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४८८ मत ल्याएर तेस्रो स्थानमा छन्। राप्रपाकी शोभा गुरु«ले २१८ मत ल्याउँदा मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत प्राप्त गरेका छन्।
Facebook Comments Box