धनगढी: धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसका स्ववियु सभापति कुबेर खड्काले पुराना र ठूला दलका नेताहरु दलाल भएको दाबी गरेका छन्। सामाजिक संजालमार्फत उनले यस्तो दाबी गरेका हुन्।
नेकपा एमाले निकट अनेरास्ववियुबाट स्ववियुमा निर्वाचित भएका उनले राष्ट्रिय स्वतन्त्र पार्टीले जित्दा लोकतन्त्र खतरामा नपर्ने पनि जनाएका छन्।
नेपाल देश दलालहरुको मात्र नभएको उनको जिकिर छ। उनी हालै नेकपा एकीकृत समाजवादी त्यागेर एमाले प्रवेश भएका थिए।
यस्तो छ कुबेरको स्टाटस
Facebook Comments Box
1 Comment
जे लेख्यो राम्रो नै लेखेछ। 🤣