कञ्चनपुरः कञ्चनपुरको वेदकोटमा म्याद नाघेका औषधि बरामद गरिएका छन्।
जिल्लाको वेदकोट नगरपालिका बजार अनुगमन समितिले नगरभित्र रहेका औषाधि पसलहरुको मंगलबार अनुगमन गरी म्याद नाघेका औषधि बरामद गरि नष्ट गरेको हो।
बेदकोट बजार अनुगमन समितिका संयोजक पदम वहादुर ठकुराठीको नेतृत्वमा गएको अनुगमन टोलीले बजार अनुगमनको क्रममा मेडिकलमा भेटिएका म्याद नाघेका औषधु नष्ट गरेको बेदकोट बजार अनुगमन समितिका सदस्य सुनिल चन्दले जानकारी दिए। अनुगमन समितिले दैजीबजार र सामादैजी बजारका मेडिकलको अनुगमन गरेको थियो।
अनुगमनका क्रममा दर्ता नविकरण नगरिएको समेत पाइएको छ।
Facebook Comments Box