काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाराको उपनिर्वाचनमा उम्मेदवारी दिएका रमेश खरेलको जमानत जफत भएको छ।
निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ।
अन्तिम परिणाम अनुसार खरेलले २ हजार ८ सय २९ मत पाएका छन्। खरेलले पाएको मत ४.१४ प्रतिशत मात्रै हो। बारा–२ मा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र दस प्रतिशत मत कटाएका छन्।
Facebook Comments Box