कैलाली: कैलालीको कैलारी गाउँपालिकामा वंशाणुगत रोग सिकलसेल एनिमियाका १२१ जना बिरामी थपिएका छन्। वैशाख पहिलो साता शिविर आयोजना गरेर निःशुल्क परीक्षण गर्दा उक्त सङ्ख्यामा वङ्शाणुगत रोग सिकलसेल एनिमियाका बिरामी थपिएका हुन्।
यसअघिसम्म सो गाउँपालिकाबाट निःशुल्क उपचार सेवा लिने सिकलसेल एनिमियाको बिरामीका सङ्ख्या ८८ रहेको थियो।
समुदायमा रहेका सिकलसेल एनिमियाको बिरामी पहिचानका लागि नौ वटा वडाको प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा शिविर सञ्चालन गर्दा १२१ जना नयाँ बिरामी थप भएको कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेशकुमार चौधरीले जानकारी दिए।
Facebook Comments Box