धनगढी: बैतडीको पुर्चौंडी नगरपालिका वडा नं ६ का वडा सदस्य ठगी साउँदको मदिरा काण्ड बजारमा आएको छ। हालै उनको मदिरा सेवन गरेर वडा कार्यालय पुगेको भिडिओ सामाजिक सञ्जाल सार्वजनिक भएको हो।
भिडिओ २ साता अघिको भएपनि अचेल भाइरल भइरहेको छ। त्यसबेला ठगी वडा अध्यक्ष नरेन्द्र साउँद कार्यालयको कामले नगरपालिका गएका बेला उनलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिइएको थियो। कार्यवाहक बसेकै समयमा उनी मदिरा सेवन गरेर वडा कार्यालय छिरेका थिए।
त्यसबेला त्यहाँ कर्मचारीसंग विवाद भएको भिडिओ सार्वजनिक भएको छ।
मदिराले लट्ठ भएका यसरी कार्यालय समयमा मदिरा सेवन गरेको आलोचना भइरहेको।
यता, गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका साउँदलाई पार्टीले स्पष्टीकरण सोधेको जनाएको छ।
Facebook Comments Box