धनगढीः नेपाल प्रहरीका १३ डीआईजीको आज पदस्थापन गरिएको छ। वैशाख ६ गते बढुवा भएका डीआईजीलाई गृह मन्त्रालयले बुधबार पदस्थापन गरेको हो।
जसमा तीन जना डीआईजीले प्रदेश प्रमुखको जिम्मा पाएका छन्। त्यसमा पनि सुदूरपश्चिम प्रदेशको प्रहरी प्रमुख भएर डीआईजी भरतबहादुर बोहरा आएका छन्, उनको पनि प्रदेशमा आजै पदस्थापन भएको हो।
उनी आज पदस्थापन भएलगत्तै जिल्ला प्रहरी कार्यालय कैलालीमा पुगेका थिए। त्यहाँ उनले अनुगमन तथा निरीक्षण कार्य गरेको बताइएको छ। निरीक्षणको क्रममा भौतिक पूर्वाधारहरुको स्तर अपराध अनुसन्धान शाखा, प्रशासन शाखा, कार्य शाखा तथा अन्य शाखाहरुबाट सम्पादित कार्यहरु र अभिलेख व्यवस्थापनको निरीक्षण गरिएको थियो।
Facebook Comments Box